राजनीतिबाट अलग्गिए रजनीकान्त « Khabarhub

राजनीतिबाट अलग्गिए रजनीकान्त


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमबार आफ्नो राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’को अन्त्य गरेका छन् ।

रजनीकान्तले आफ्ना पदाधिकारीहरुलाई भविष्यमा राजनीतिमा नफर्किने बताएका छन् । उनले यो निर्णय पार्टीका सबै पदाधिकारीसँगको छलफल पछि लिएका हुन् ।

रजनीकान्तले नयाँ संगठन रजनी फ्यान क्लब एशोसिएसनको नामबाट समाजसेवाको काम गर्नेछन् ।

गत डिसेम्बर २९ मा रजनीकान्तले स्वास्थ्य समस्याका कारण आफू राजनीतिबाट टाढिने घोषणा गरेका थिए । उनले तमिल भाषामा एक चिठी लेख्दै आफू चुनावमा प्रतिष्पर्धी नभएरै मानिसको सेवा गर्ने बताएका थिए ।

उनी डिसेम्बर २५ मा रक्तचापमा भएको उतारचढाव र थकानका कारण हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका थिए । त्यसको दुई दिनपछि उनी डिस्चार्ज भए ।

चिकित्सकले उनलाई एक सातासम्म आराम गर्न र शारीरिक काम तथा कोरोनाबाट बच्नका लागि सल्लाह दिएका थिए । उनले डिसेम्बर ३ मा आफू नयाँ पार्टी बनाउने र सन् २०२१ को विधानसभा चुनाव लड्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : २० बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि