अब ५५ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता टुङ्गो लाग्न बाँकी : कांग्रेस « Khabarhub

अब ५५ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता टुङ्गो लाग्न बाँकी : कांग्रेस


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले देशभरका ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी रहेको जनाएको छ ।

पार्टीको आगामी भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशील सदस्यतामा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५५ निर्वाचन क्षेत्रको टुङ्ग्याउन बाँकी रहेको जनाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा देशभरको ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशील सदस्यताको नामावली दर्ता भइसकेको छ । पार्टीद्वारा गठित क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुङ्गो लगाउने कामलाई तीव्रता दिएसँगै ११० निर्वाचन क्षेत्रको टुङ्गिएको हो ।

समितिका प्रवक्ता एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशभरका ६४ जिल्लाको ११० निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गोमा पु¥याई सकिएको जानकारी दिए ।

क्रियाशील सदस्यता विवाद रहेका देशभरका ५५० वडामध्ये ३०० भन्दा बढी वडाको विवाद टुङ्गो लागिसकेको छ । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले द्रुत गतिमा काम गरिरहेकाले यही असार मसान्तभित्र सबै क्रियाशील सदस्यता विवाद टुङ्गोमा पु¥याइने प्रवक्ता पौडेलले बताए ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि अगामी साउन १२ मा वडा समितिको अधिवेशन, साउन १६ मा गाउँ नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ ।

यसैगरी आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : १५ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)