अब ५५ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता टुङ्गो लाग्न बाँकी : कांग्रेस | Khabarhub Khabarhub

अब ५५ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता टुङ्गो लाग्न बाँकी : कांग्रेस


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले देशभरका ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी रहेको जनाएको छ ।

पार्टीको आगामी भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशील सदस्यतामा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५५ निर्वाचन क्षेत्रको टुङ्ग्याउन बाँकी रहेको जनाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा देशभरको ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशील सदस्यताको नामावली दर्ता भइसकेको छ । पार्टीद्वारा गठित क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुङ्गो लगाउने कामलाई तीव्रता दिएसँगै ११० निर्वाचन क्षेत्रको टुङ्गिएको हो ।

समितिका प्रवक्ता एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशभरका ६४ जिल्लाको ११० निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गोमा पु¥याई सकिएको जानकारी दिए ।

क्रियाशील सदस्यता विवाद रहेका देशभरका ५५० वडामध्ये ३०० भन्दा बढी वडाको विवाद टुङ्गो लागिसकेको छ । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले द्रुत गतिमा काम गरिरहेकाले यही असार मसान्तभित्र सबै क्रियाशील सदस्यता विवाद टुङ्गोमा पु¥याइने प्रवक्ता पौडेलले बताए ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि अगामी साउन १२ मा वडा समितिको अधिवेशन, साउन १६ मा गाउँ नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ ।

यसैगरी आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : १५ बजे

डा. रवीन्द्र समीरको ‘पैसाको उडान’  प्रकाशित 

काठमाडौं– लघुकथा विधाका अगुवा डा. रवीन्द्र समीरको १५ औं साहित्यिक

दाङको राजपुरमा आगलागी, २४ घर र १० गोठ जलेर नष्ट 

तुलसीपुर– दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर

बालबालिकासम्बन्धी ऐन कार्यान्वयन गर्न अदालतद्वारा परमादेश

खजुरा– बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिकासम्बन्धी ऐनलाई कार्यान्वयन

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको