विपक्षी गठबन्धनबाट अलग हुने एमाले नेपाल समूहको घोषणा « Khabarhub

विपक्षी गठबन्धनबाट अलग हुने एमाले नेपाल समूहको घोषणा


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकमा नेपाल समूहले अलग हुने घोषणा गरेको हो ।

पार्टी एकताका लागि एक खालको सहमति भएको छ बताउँदै नेता नेपालले गठबन्धनबाट अलग हुने आशय देखाएका थिए ।

बैठकपछि एमाले नेता रघुजी पन्तले अहिले नयाँ परिस्थीतिको सिर्जना भएकोले अब सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय एमालेको स्थायी कमिटि बैठकले गर्ने जानकारी दिए ।

उनले एमाले एकता जोगाउन समेत पहल गर्नुपर्ने अवस्था रहेकाले पहिला एमाले एकता जोगाउन काम गर्ने बताए ।

उनले भने,‘सरकारमा जाने विषयमा पार्टीको स्थायी कमिटिको बैठक बस्ला, त्यहाँ छलफल होला। औपचारिक निर्णयपछि सरकारमा जाने वा प्रमुख प्रतिपक्षमा रहने भन्ने कुरा निर्णय हुन्छ । नेकपा एमाले एउटै छ ।’

एमाले एकता जोगाउनका लागि हिजोमात्रै १० बुँदे सहमति जुटिसकेको अवस्थामा अब गठबन्धनमा एमालेको नेपाल समुह नरहने उनले बताए ।

उनले भने,‘विश्वासको मत दिने वा नदिने भन्ने कुरा अहिले भन्न चाहन्न । अहिलेको अवस्थामा गठबन्धनमा निरन्तर हुन सक्ने अवस्था रहन्न । पहिला पार्टी एकतावद्ध बनाउँछौं । अनि राष्ट्रिय राजनीतिमा कस्तो भूमिका खेल्ने भन्ने निर्णय गर्छौँ ।’

बैठकमा एमाले नेता नेपालले कांग्रेस सभापति देउवालाई सबैलाई समेटेर समस्या समाधानका लागि प्रयत्न गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ११ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष