काठमाडौँका पाँच केन्द्रबाट विद्यार्थीलाई खोप लगाइँदै « Khabarhub

काठमाडौँका पाँच केन्द्रबाट विद्यार्थीलाई खोप लगाइँदै


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय विद्यार्थी आजबाट खोप लगाउन पाउने भएका छन् ।

बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो ।

मन्त्रालयको निर्णयपछि बुधबार नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप दिन भन्दै प्रदेश निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरिरहेको छ ।

काठमाडौँ उपत्यकामा बिहीबारबाटै विद्यार्थीलाई खोप दिन थालिएको छ । उपत्यकामा विद्यार्थीलाई खोपका लागि ५ वटा केन्द्र तोकिएको छ ।

जसपामा सिभिल अस्पताल (मीनभवन), नेपाल प्रहरी अस्पताल (महाराजगंज), सशस्त्र प्रहरी अस्पताल (बलम्बु), सैनिक अस्पताल (छाउनी) र राधास्वामी आइसोलेशन खोप केन्द्र (सामाखुसी) छन् ।

उक्त स्थानमा गएर विद्यार्थीले प्रवेश पत्र देखाएर खोप लगाउन सक्नेछन् । विद्यार्थीले खोप बिहीबार, शुक्रबार र शनिबारसम्म पाउँनेछन् ।

ती केन्द्रमा खोप कार्यक्रम १० बजेदेखि बेलुकी ४ बजेसम्म चल्नेछ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १२ : २२ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ