विधेयक फिर्ताको माग गर्दै नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले आन्दोलित « Khabarhub

विधेयक फिर्ताको माग गर्दै नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले आन्दोलित


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारीले आन्दोलनलाई जारी राखेका छन् ।

प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी विधेयक तयार भएको भन्दै उनीहरुले महानिर्देशक लगायतका कार्यकक्षहरुमा तालाबन्दी गरि आन्दोलन गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेको र यसले हवाई सेवालाई महँगो बनाउनुका साथै स्वार्थ समूहको चलखेलले उड्डयन सुरक्षामा नै असर पर्ने उनीहरुको भनाइ छ ।

प्राधिकरण टुंग्याउनका लागि विभिन्न हवाई माफियाहरु र स्वार्थ समूह अनुकूल योजनावद्ध रुपमा कदम चालिएकाले यस विधेयकलाई कुन पनि हालतमा पास गर्न नदिनका लागि आन्दोलन गर्नुपरेको प्राधिकरण कर्मचारी संगठनका कार्यवहाक अध्यक्ष मिनप्रसाद खनालले बताए ।

कर्मचारीको आन्दोलनका कारण प्राधिकरणको दैनिक कामकाजमा असर परेको छ ।

युरोपियन युनियनले नेपाललगायतका एसियन मुलुकमा व्यापार गर्ने उद्देश्य राखेको र व्यापारीहरुको साँठगाँठमा संस्था निजीकरण गर्ने पाटोमा लगिएको कर्मचारीहरुको आरोप छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १० : ५९ बजे

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी