विधेयक फिर्ताको माग गर्दै नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले आन्दोलित « Khabarhub

विधेयक फिर्ताको माग गर्दै नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले आन्दोलित


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारीले आन्दोलनलाई जारी राखेका छन् ।

प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी विधेयक तयार भएको भन्दै उनीहरुले महानिर्देशक लगायतका कार्यकक्षहरुमा तालाबन्दी गरि आन्दोलन गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेको र यसले हवाई सेवालाई महँगो बनाउनुका साथै स्वार्थ समूहको चलखेलले उड्डयन सुरक्षामा नै असर पर्ने उनीहरुको भनाइ छ ।

प्राधिकरण टुंग्याउनका लागि विभिन्न हवाई माफियाहरु र स्वार्थ समूह अनुकूल योजनावद्ध रुपमा कदम चालिएकाले यस विधेयकलाई कुन पनि हालतमा पास गर्न नदिनका लागि आन्दोलन गर्नुपरेको प्राधिकरण कर्मचारी संगठनका कार्यवहाक अध्यक्ष मिनप्रसाद खनालले बताए ।

कर्मचारीको आन्दोलनका कारण प्राधिकरणको दैनिक कामकाजमा असर परेको छ ।

युरोपियन युनियनले नेपाललगायतका एसियन मुलुकमा व्यापार गर्ने उद्देश्य राखेको र व्यापारीहरुको साँठगाँठमा संस्था निजीकरण गर्ने पाटोमा लगिएको कर्मचारीहरुको आरोप छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १० : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना