श्वेतपत्र तथ्यहीन आलोचना र पूर्वाग्रहमा केन्द्रित रहेको नेता पौडेलको आरोप « Khabarhub

श्वेतपत्र तथ्यहीन आलोचना र पूर्वाग्रहमा केन्द्रित रहेको नेता पौडेलको आरोप


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले संसदमा पेश गरेको अर्थतन्त्र सम्बन्धी श्वेतपत्र अघिल्लो सरकारको तथ्यहीन आलोचना र पूर्वाग्रहीमा केन्द्रीत रहेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको विषेश समयमा बोल्दै नेता पौडेलले अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको श्वेतपत्र अघिल्लो सरकारका कामहरूका बारेमा तथ्यहीन आलोचना र विरोध गरिएको आरोप लगाए । उनले पूर्वाग्रही ढंगले स्वेतपत्र ल्याइएको समेत आरोप लगाए ।

उनले राजनीतिक दलहरूबीच नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने तर मुलुकको आर्थिक अवस्थ कस्तो छ भन्ने कुरा तथ्यमा रहने धारणा राखे । उनले तथ्यको तोडमोड गरेर अर्थमन्त्री शर्माले स्वेतपत्र जारी गरेको जिकिर गरे ।

आफूले अध्यादेशमार्फत लोकप्रिय बजेट ल्याएको र त्यसलाई निजी क्षेत्रले पनि समर्थन र स्वागत गरेको पौडेलले दावी गरे । कोभिड–१९ को कारणले पूँजीगत खर्चमा नकारात्मक चाप पर्दा चालू खर्च बढेको र पुनर्निर्माणको खर्च पनि साधारण खर्चमा गणना भएकाले चालु खर्चको आकार बढ्न गएको उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ५ : १८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र