खलंगा बजार पसेको भालु गोली हानेर मारियो « Khabarhub

खलंगा बजार पसेको भालु गोली हानेर मारियो


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जुम्ला- सदरमुकाम जुम्ला खलङ्गा बजारभित्र पसेर तीन जना स्थानीयमाथि आक्रमण गरी घाइते बनाउने भालुलाई गोली हानेर मारिएको छ ।

चन्दननाथ नगरपालिका–४ कार्कीवाडा जुम्लाका २९ वर्षीय हिमबहादुर रोकाया र उनकी श्रीमती २६ वर्षीया निर्मला थापा रोकायालाई आज बिहान ५ः३० बजेतिर भालुले आक्रमण गरी घाइते बनाएको थियो । श्रीमान् हिमबहादुरलाई नुहाइरहेका अवस्थामा भालुले आक्रमण गरेको थाहा पाएर चिच्याउने बित्तिकै आफूलाई चिथोरेको पीडित निर्मलाले बताइन् ।

चन्दनाथ नगरपालिका– ६ सिंगाचौर गाउँ जुम्लाका हिरा सार्कीलाई पनि भालुले घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

टाउको र अनुहारमा आक्रमण गरी घाइते बनाएका तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

भालुले स्थानीयमाथी आक्रमण गरी घाइते बनाएको खबर बिहान पाएलगत्तै प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंसहित सुरक्षा निकायको टोली घाइतेको उद्धार र भालुको खोजीकार्यमा लागेको थियो । भालु बजारमा छिरेर स्थानीयमाथि आक्रमण गरेपछि भालु आतङ्कले आज जुम्ला सदरमुकाम दिनभर तनावग्रस्त बनेको थियो ।

चन्दननाथ नगरपालिकाको सिंगाचौरको गोठमा बिहान ९ बजे पसेको भालु सुरक्षित नियन्त्रणका लागि प्रजिअ प्रसाईंसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले तीन घण्टा गाउँ नै सुरक्षा दिएर भालुलाई नियन्त्रण गरेको थियो । भालुलाई सुरक्षित नियन्त्रण गर्न डिभजन वन कार्यालय जुम्लाका कर्मचारी पनि सो स्थानमा पुगेका थियो ।

बजारमा मान्छे घाइते बनाउँदै हिँडेको भालुलाई जीवितै नियन्त्रणमा लिन खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेपछि स्थानीय प्रशासनको निर्देशनमा उक्त भालुलाई गोली हानेर मारिएको प्रहरी नायब उपरीक्षक थापाले जनाए । मारिएको भालुको पशुविज्ञबाट शव परीक्षण गरेर अन्त्येष्टि गरिने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले जानकारी दिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ६ : ५२ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने