अफगानिस्तानमा तालिबानद्वारा निरन्तर मानव अधिकार उल्लंघन « Khabarhub

अफगानिस्तानमा तालिबानद्वारा निरन्तर मानव अधिकार उल्लंघन


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा तालिबानी समूहले मानवअधिकार उल्लंघनका घटनालाई निरन्तरता दिएको छ ।

तालिबानी आतंकवादी समूहले निहत्था नागरिकहरुको हत्या, मस्जिदमा आक्रमण, महिला र बालबालिकालाई ढाल बनाएर आक्रमणको निरन्तरता दिइरहेको पाइएको हो ।

तालिबान लडाकूहरूले आइतबार कामबाट घर जाँदै गर्दा गजनी शहरमा दुई महिला प्रहरीलाई अपहरण गरेका थिए । उनीहरुलाई अहिले तालिबानले अज्ञात स्थानमा लगेको छ ।

अफगानिस्तानको आन्तरिक मन्त्रालयले तालिबानले यस वर्षको सुरूदेखि २४ मस्जिदहरुमा आतंकवादी हमला गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त हमलामा ३० धार्मिक गुरुहरु  मारिएका छन् भने ७० भन्दाबढी घाइते भएका छन् । यसबाहेक, तालिबानी आक्रमणमा मस्जिदहरु पनि धेरै क्षतिग्रस्त भएका छन् ।

अफगानिस्तानमा विगत केही दिनहरुमा तालिबानको कब्जामा परेको क्षेत्रहरुमा भयावह स्थिति सिर्जना भएको छ । तालिबान सेनाले सर्वसाधारण र सुरक्षाकर्मीहरुको हत्या गर्ने साथै घरहरुमा बम विष्फोट र महिलाहरुमाथि आक्रमण गरेको खबरहरु आएका छन् ।

तालिबानले नयाँ क्षेत्रहरु कब्जा गर्न आक्रमणलाई निरन्तरता दिएको जनाइएको छ ।

अमेरिकी सेनाको सहयोगमा सत्ताच्युत गराइएको तालिबानी समूहले अमेरिकी सेना फिर्तासँगै फेरि सत्ता कब्जाको प्रयासमा आक्रमणलाई तीब्र पारेको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १० : ०५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र