एकचोटी एउटा दाउरे सेफ्टी ट्याङ्कीको छेउमा रुख काटिरहेको थियो । अचानक उसको बन्चरो सेफ्टी ट्याङ्कीमा खस्यो । ऊ सेफ्टी ट्याङ्कीको छेउमा बसेर रोइरह्यो । अचानक सेफ्टीट्याङ्कीबाट गु देवता प्रकट भए । उनले सुनको बन्चरो देखएर के यो तेरो बन्चरो हो भनेर सोधे ? दाउरेलाई दुई कक्षामा पढेको कथा याद आयो । त्यसैले तीनवटै बन्चरो पाउने आशमा उसले भन्यो होइन भगवान् त्यो मेरो बन्चरो होइन । तब गु देवता रिसाएर भने— हे मुर्ख बालक, पहिले त्यसलाई धोएर त हेर !
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया