अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन : फाउची | Khabarhub Khabarhub

अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन : फाउची


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ ।

सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुख हुन सक्ने उनले बताए ।

‘हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनमा एक लाख ६० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्,’ फाउचीले भने ।

अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रणको अवस्था पनि अहिले सन्तोषजनक नरहेको उनको बुझाइ छ ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या दश हजारभन्दा कम भएपछि मात्रै नियन्त्रण उन्मुख रहेको मान्न सकिने वरिष्ठ चिकित्सक फाउचीले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : २५ बजे

बागलुङ सुम्साका १३२ घरमा धारा छन्, पानी आउँदैन

बागलुङ– २०७६ मा बागलुङको जैमिनी नगरपालिका– ६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

झापा– झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रे– जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि