भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे « Khabarhub

भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ ।

लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । लक्षणहरु कारोनासँग मिल्दोजुल्दा हुने गरेको भए पनि कोरोना नभएर भाइरल ज्वरो रहेको डा जोशीको भनाइ छ ।

मौसममा आएको परिवर्तन र निषेधाज्ञा खलेसँगै ज्वरोका बिरामी बढेका डा जोशीले बताए । “निषेधाज्ञा हटेको छ, बजार क्षेत्रमा भिडभाड बढ्यो, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गर्दैनन्, यसले पनि ज्वरोका बिरामी बढेका हुन्”, उनले भने, “मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दूषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।”

उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए । सरकारी स्वास्थ्य संस्थामा मात्रै नभएर नीजि मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् ।

केही दिनदेखि आफ्नो मेडिकलमा पनि ज्वरोका बिरामी बढ्दै गएका प्रकाश मेडिकल हल मुस्याचौरका सञ्चालक प्रकाशचन्द्र भट्टले जानकारी दिए । बालबालिकालाई समेत भाइरल ज्वरोले नछाडेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ११ : ३५ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते