काठमाडौँ महानगर र स्थानीय सरकारको अन्तर्राष्ट्रिय सञ्जालका अधिकारीबीच भेट « Khabarhub

काठमाडौँ महानगर र स्थानीय सरकारको अन्तर्राष्ट्रिय सञ्जालका अधिकारीबीच भेट


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय सरकार तथा शहरहरुको अन्तरराष्ट्रिय सञ्जाल एशिया प्यासिफिकका अधिकारीहरुले काठमाडौँ महानगरको शहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् ।

शनिबार सञ्जालका एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती जन्द्रादेवी, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख डिल्लीराम बास्तोला र काठमाडौँ महानगरकी उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबिच अन्तरदेशीय सहकार्यमा काठमाडौँ महानगरका विषयमा कुराकानी भएको हो ।

त्यस क्रममा सञ्जालका अध्यक्ष व्याञ्जुले, काठमाडौँ देशको मुहार भएकोले यसलाई थप उज्यालो बनाउन सहकार्य उपयुक्त हुने बताए ।

‘काठमाडौँमा गरिएका अभ्यासले अन्य सरकारमा पनि लाभ पुग्ने भएकोले काठमाडौँसँग सहकार्य गर्ने हाम्रो प्रस्ताव हो’ उनले भने ।

त्यस क्रममा महानगरकी उपप्रमुख खड्गी श्रेष्ठले सञ्जालले शहरी वातावरण सुधारका लागि मानव मलमुत्र व्यवस्थापनमा गरेको कामबाट आफू प्रभावित भएको बताउँदै अन्य शहरको अनुभव काठमाडौँले सिक्न सक्ने बताइन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, अन्तरनगर सिकाइबाट नागरिक तहमा लाभ प्रदान गर्न महानगरले राष्ट्रिय अन्तरराष्ट्रिय नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको उल्लेख गरे ।

सञ्जालको आठौँ सम्मेलन भदौ २२ गतेदेखि २४ गतेसम्म काठमाडौँमा सञ्चालन भएको थियो ।

सम्मेलनमा स्थानीय सरकार प्रमुखहरुले कोभिड व्यवस्थापनमा आफूले गरेको प्रयास र अब चुनौतीका विषयमा प्रस्तुति गरेका थिए ।

सञ्जालमा विश्वभरका २ लाख ४० हजार बढी शहर र एशिया प्यासिफिक क्षेत्रबाट ७ हजार बढी शहरहरु सदस्य छन् ।

यसमा काठमाडौँ महानगरसहित नेपालका १० वटा पालिका सदस्य छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ११ : ४५ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते