प्रहरी समक्ष आरोपीको बयान : एउटै चिर्पटले ६ जनाको लगालग हत्या गरेँ « Khabarhub

प्रहरी समक्ष आरोपीको बयान : एउटै चिर्पटले ६ जनाको लगालग हत्या गरेँ


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् ।

आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका हुन् । प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणबहादुर बिसीले कार्कीले योजनाबद्ध नभई आवेगमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।

कार्कीले सुरुमा बडाबा तेजबहादुर कार्कीको हत्या गरेका थिए । तेजबहादुरको हत्या गरेको अरुले देखेपछि उनकी श्रीमती ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीलाई एउटै चिर्पटले हानेर हत्या गरेको उनले स्वीकार गरेका छन् ।

हजुरआमा र आमाको हत्या गरेको दीपेन र गोमा कार्कीले देखेपछि उनीहरूलाई खरबारीमा लखेटी लखेटी हत्या गरेको उनको भनाइ छ । पाँचजनाको हत्यापछि घर पुगेर भैंसीलाई कुँडो पकाइरहेकी हजुरआमा पार्वती कार्कीको भित्ता ठोक्काउँदै चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले बयान दिएको डीआईजी बिसीले जानकारी दिए ।

सबैको हत्या गरेपछि घटनास्थलबाट १०० मिटर टाढा रहेको आफ्नो घरमा पुगेका थिए । हत्यापछि लोकबहादुरले अभियुक्तलाई चाँडो पक्राउ गर्न भन्दै प्रहरीसँग भन्दै आएका थिए । उनले अनुसन्धानमा सहयोग मात्र गरेनन्, प्रहरीलाई खानासमेत बनाएर खुवाउँदै आएका थिए । न्यूजकारखाना

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १२ : ५२ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते