चित्रकलामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ « Khabarhub

चित्रकलामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेशनल प्याब्सन कास्कीको आयोजनामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा छैटौँ जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेशनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा, “हाम्रो पोखरा राम्रो पोखरा” विषयमा प्रतिष्पर्धा भएको थियो । स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम भएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिए । उनका अनुसार कास्की मोडनाइज्डका मानस तामा द्वितीय, सिद्धार्थ लवडेलका आशिष तिमिल्सिना तृतीय तथा सिद्धिविनायकका सोसिमा घले र ज्ञानज्योति विद्याकुञ्जका रुपा भुजेल सान्त्वना भएका छन्।

विजयी विद्यार्थीलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा चित्रकार रमेश श्रेष्ठ र हरिराम जोजीजु रहेका थिए । सो अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले कोरोना भाइरस सङ्क्रमणका समयमा विद्यार्थीको प्रतिभा बाहिर आउन नसकेको जनाउँदै विद्यार्थीलाई सिर्जनात्मकरुपबाट अघि बढाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

उनले अब छिट्टै नै भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको जानकारीसमेत दिए । उनले भने, “भौतिकरुपमा विद्यालय सञ्चालन गर्न हामीले धेरै प्रयास थालेका छौँ, कोरना सङ्क्रमित दर पनि घट्दै गएकाले कुनै न कुनै मोडालिटीमा हामी छिट्टै नै स्कूल सञ्चालन गर्ने तयारीमा छौँ ।”

नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराइले भौतिक उपस्थितिमा प्रतियोगिता गरेर विद्यार्थीको कला उजागार गर्न सफल भएको बताए । चित्रकार रमेश श्रेष्ठले प्रतियोगिताले ललितकला क्षेत्रमा इँटा थप्ने काम गरेको बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : ५९ बजे

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार

मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन

काँक्रेविहार– भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ

एजेन्सी– अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो