काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा « Khabarhub

काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्।

काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले यस्तो बताएका हुन्।

‘मलाई प्राप्त जानकारी अनुसार काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै गरेको काष्ठमण्डपको काम ९५ प्रतिशत सम्पन्न भएको छ,’ शाक्यले भने, ‘काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा महानगरपालिकाले लिए पनि यसको नेतृत्व प्रदेश माननीय राजेश शाक्यले गर्नुभएको छ ।’

त्यस्तै काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष समेत रहेका बागमती प्रदेश सांसद शाक्यले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट ११ करोड ५० लाख सहयोग प्राप्त भएको जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : ४१ बजे

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो

ताइवानतिर चीनले हान्यो रकेट

काठमाडौं- चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका

चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन– प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र