मनाङे आफूसँग भएको सम्पत्तिबारे आफै ‘कन्फ्युज’ « Khabarhub

मनाङे आफूसँग भएको सम्पत्तिबारे आफै ‘कन्फ्युज’


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मन्त्री भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने नियम भए पनि उनीहरुले तीन महिनासम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छनैन् । तर, मनाङेले पत्रकार सम्मेलन गरेर आइतबार यो विषयमा आफ्नो भनाइ राखेका छन् ।

मन्त्री मनाङेले आफूसँग कति सम्पत्ति छ भन्ने पनि हेक्का नभएको बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘म आफैँ कन्फ्युज छु के, मसँग के छ, के छैन भन्ने कुरा । समस्या कहाँ छ भने, पहिली श्रीमतीलाई दिइसकेको छु । छोराहरूको नाममा राखेको छ । त्यसलाई मेरो भनुँ भने समस्या आउला ।’

पहिले आफूले व्यापार गर्दा कमाएको भन्दै मनाङेले केही पैसा उठ्नै बाँकी रहेको बताए । ‘मैले बीचमा विजनेस गर्दाको पैसा छ । त्यो पैसा केटाहरूसँग छ । आएको छैन । आउनेवाला छ भनेर लेख्न नमिल्ने रहेछ’, उनी भन्छन्, ‘रामेले २० लाख लगेको छ, श्यामेले दुई करोड लगेको छ भनेर लेख्ने होइन होला ।’

आफूसँग भएको केही सम्पत्तिमा मुद्दा चलिरहेको मनाङेले बताए । कर्तव्य ज्यान मुद्दामा कारबाही भोग्न बाँकी उनी अहिले गण्डकीको मन्त्रीका रूपमा कार्यरत छन् । मनाङेलाई अकुत सम्पत्ति कमाएको आरोपमा अर्को पनि मुद्दा परेको थियो । तर, उक्त मुद्दाबाट सफाइ पाइसकेको उनको दाबी छ ।
उनले मन्त्रीको तलबले चिया खान पनि नपुग्ने बताए । त्यसैले अब ब्यापार गर्ने सोचमा उनले रहेको बताए । उनले भने, ‘अहिले कुनै नयाँ व्यापार गरेको छैन । अब व्यापार गर्न लागिरहेको छु, मन्त्रालय सेटल भइसकेपछि । हामीले पनि भात खानुपर्‍यो । सरकारी पैसाले चिया खान पनि पुग्दैन ।’

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ३४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ