बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले « Khabarhub

बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आजदेखि विद्यालय खुलेका हुन् । राजधानीको एक विद्यालयमा आइतवार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो ।

विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम नापिरहेको देखिन्थ्यो।आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरूलाई कक्षाकोठामा प्रवेश गराइएको थियो। लामो समयपछि विद्यालयमा भेट हुँदा विद्यार्थीहरू अङ्कमाल गर्दै खुशी साटासाट गर्दै गरेका भेटिन्थे। कोरोना भाइरसको सङ्क्रमणले गर्दा दक्षिण एशियामा विद्यालय बन्द रहेका छन् ।

पन्ध्र वर्षिय मुन्तासिर अहमदले एएफपीसँग कुरा गर्दै भने, ‘लामो समयपछि साथीहरू र शिक्षकहरूलाई प्रत्यक्ष देख्न पाउँदा औधी खुशी लागेको छ। ल्यापटपको स्क्रिनमा हेरिएका अनुहारहरूलाई प्रत्यक्ष भेट्न पाउँदाको छुट्टै रमाइलो छ।’ विद्यालयका सहायक प्रधानाध्यापक देवान ताम्जिदुजामानले भने, ‘मैले विद्यालय खुलेको पहिलो दिनमै यत्रो सङ्ख्यामा विद्यार्थीको उपस्थितिको अपेक्षा गरेको थिइनँ।’

दूरसञ्चार प्रदायक संस्थाको अनुसार बङ्गलादेशको कुल जनसङ्ख्याको ४१ प्रतिशतसँग मात्र स्मार्ट फोन छ। ग्रामीण क्षेत्रका प्रायः विद्यार्थी सँग गुणस्तरीय इन्टरनेट र स्मार्ट फोनको सुविधा छैन। युनिसेफका अनुसार अनलाइन कक्षा सञ्चालन हुँदा त्यसमा सबैको पहुच नहुनाले विद्यार्थीका बीचमा सिकाइमा विभेद देखिएको छ।

त्यसैगरी भारतका १४ वर्षदेखि १८ वर्ष उमेर समूहका ८० प्रतिशत विद्यार्थीले अनलाइनका माध्ययमबाट पढ्दा कम प्रभावकारी रहेको बताएका छन् । भारतको झारखण्डका किसान दीपु सिहले आफ्ना बच्चाहरू एक वर्षदेखि विद्यालय जान नपाएका र घरमा इन्टरनेटको सुविधा नभएकाले सिकाइबाट वञ्चित भएको बताएका छन् । युनिसेफको प्रतिवेदनले भारतका अन्य दुर्गम क्षेत्रमा पनि त्यस्तै रहेको जनाएको छ।

त्यस्तै पाकिस्तानको दुर्गम क्षेत्रका २३ प्रतिशत विद्यार्थी सँग इन्टरनेट र अन्य विद्युतीय उपकरणको उपलब्धता छैन। नेपालका केही शहरहरूमा भने इन्टरनेट नहुँदा रेडियोमार्फत पढाइ सञ्चालन गरिएको छ। नेपालको एक विद्यालयकी शिक्षिका रजनी के सी ले एएफपीलाई आफूहरू महामारीमा शैक्षिक सत्र सहजरूपले अगाडि बढाउन नसक्दा जटिल अवस्थामा रहेको बताएकी छिन् । एएफपी

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १० : ०० बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप