कोलकाता नाइट राइडर्स आईपीएलको क्वालिफायरमा « Khabarhub

कोलकाता नाइट राइडर्स आईपीएलको क्वालिफायरमा


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोलकाता नाइट राइडर्स आईपीएल टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले हराउदै कोलकाता क्वालिफायरमा पुगेको हो ।

बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे । यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए । नितिस रानाले २३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो ।

बैंगलोरका कप्तान विराट कोहलीले ३९ रन जोडे । देबदुत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।

कोलकाताका सुनिल नारायनले ४ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ ।  बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ७ : ०५ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले