नयाँ पर्यटकीय गन्तव्य ‘टेउवा’ | Khabarhub Khabarhub

नयाँ पर्यटकीय गन्तव्य ‘टेउवा’


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको अग्लो पहाड हो घुम्टे । त्यही घुम्टेको आगनमा छ, टेउवा । भौगोलिक विकटताले गर्दा कुनै समय मानव वस्ती विकास र विस्तारको लागि धेरैको रोजाईमा नपर्ने टेउवा, हिजोआज नयाँ पर्यटकीय गन्तव्यको रूपमा सबैको आकर्षणको केन्द्र बनेको छ ।

टेउवाको डाडामा स्थापना गरिएका आकर्षक मूर्तिकलाले सो क्षेत्रको पहिचान बद्लेको हो । अन्तर्राष्ट्रिय मूर्तिकारहरूले विसाल शीलामा कुँदेको आकर्षक मूर्तिकला अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटकहरूको भिड लाग्ने गरेको छ ।

गलकोट नगरपालिका–५ टेउवा क्षेत्र गलकोट उपत्यकाको उच्च भागमा पर्छ । विशेष गरी चाडपर्व र सार्वजनिक विदाको दिन टेउवामा तयार भएका मूर्तिको अवलोक गर्नेको भिड लाग्ने स्थानीय बुद्धिबहादुर थापाले बताए ।

‘पहिलो लेकको टुप्पो भनेर कोही पनि आउने थिएनन्’ उनले भने–‘मुर्ति बनेपछि टिकट काटेर हेर्न आउने भएका छन् ।’ टेउवा चर्चित पर्यटकीय क्षेत्र घुम्टेधुरीको फेदमा पर्छ ।

उक्त स्थानबाट गल्कोट क्षेत्रकाका अधिकांश बस्ती अवलोक गर्न सकिन्छ । ५–२१ फागुन २०७५ सम्म अन्तर्राष्ट्रिय स्तरका मूर्तिकारको सम्मेलन गरी १० देशका १५ जना मूर्तिकारले १७ वटा अमूर्त, अर्धमूर्त र मूर्त चित्र तयार गरेका छन् ।

खुल्ला मूर्ति संग्राहलयमा राखिएका मूर्तिमा जीवन, जगत, प्रकृति र संस्कृतिका विषयमा जीवन भरिएको छ । संग्राहलय निर्माण गर्न स्थानीय झंक बस्नेत, मानबहादुर खत्री, टीकाकुमारी कार्कीले निःशुल्क जग्गा उपलब्ध गराएको गल्कोट कला प्रतिष्ठानका सहसचिव सेरबहादुर थापाले जानकारी दिए ।

दरमखोलाको ढुंगा उच्च पहाडमा लगेर मूर्तिकारले ढुंगामा पहाड, जल, जंगल, जमिन, गणेश मानव सभ्यता, सहासिक महिला, भगवान गौतम बुद्धको आकृति तयार गरिएको छ । गलकोट कला प्रतिष्ठानले संग्राहलय निर्माण गरेको हो ।

उक्त सग्रहलयलाई थप व्यवस्थित बनाउन प्रतिष्ठानले स्थानीय सरकार र संघीय सरकारसँग समन्वन गरी आवश्यक पूर्वाधार निर्माणको काम सुरु भएको छ ।

प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उद्यान मन्त्रालयले चार करोड ५५ लाख र गलकोट नगरपालिकाले दुई करोड ४५ लाख लागतमा पूर्वाधार निर्माणको काम सुरु भएको छ । उक्त बजेटले पर्यटकीय संग्रहलय र हरिचौर बजारदेखि घुम्टे लेकसम्मको पहुँच मार्ग विस्तार हुनेछ ।

संग्राहलयलाई थप व्यवस्थित, आकर्षक बनाउन प्रतिष्ठानले पर्यटकीय र सांस्कृतिक सम्पादास्थल बनाउने योजना निर्माण गरेको छ । गुरुयोजना र नयाँ संरचना निर्माणका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष रानाले बताए ।

नयाँ संरचना बनाउन ३६ करोड ५६ लाख रुपियाँ खर्च हुने डीपीआरमा उल्लेख गरिएको छ । संग्राहलय क्षेत्रमा बहुउद्देश्यीय अन्तर्राष्टिय सम्मेलन भवन, दुईवटा गेट, टिकट काउन्टर, शीतल पाटी, पानीको फोहोरा, बगैंचा, वृक्षरोपण, सिँढी निर्माण गरिनेछ ।

जापानका जुन इचिरो सुगिमोतो, इटालीका बिटिनो फ्रान्सेनी, चीनका लिउ याङ्ग, फ्रान्सका जिवियर्स गोँजालेज, ताइवानका लिन लि जेन, भारतका टुटु पटानायलक, क्यानडाका जुली ग्ल्यास्पी, इजरालका तान्या प्रिमिङ्गर, ब्राजिलियन जर्जलुईज र युक्रेन्का ल्युडमेलले कार्यशालामा मूर्ति तयार गरेका थिए । नेपाली मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले मूर्ति तयार गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : ५६ बजे

कोलोराडो घटना : अभियोग पुष्टि भए ३८४ वर्ष जेल

कोलोराडो – अमेरिकाको कोलोराडोमा भएको आक्रमणका शङ्कास्पद व्यक्तिलाई १६ वटा

सम्माननीय ! सबै रत्नाकर डाकु वाल्मीकि बन्दैनन् !

प्रसिद्ध हिन्दुग्रन्थ रामायणका रचियता महर्षि वाल्मीकि हुन्। नागा प्रजातिमा जन्मिएका

राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएपछि दक्षिण कोरियामा निर्वाचन

सोल – राष्ट्रपति युन सुक योलमाथिको महाअभियोग पारित भएपछि अहिले

अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

धनगढी – अछाममा जंगली च्याउ खादा तीन जना बिरामी परेका

सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि सीमा क्षेत्रमा सतर्कता

पर्सा – छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै