‘सुपरमेन’को नयाँ संस्करणमा समलिंगी कथा « Khabarhub

‘सुपरमेन’को नयाँ संस्करणमा समलिंगी कथा


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– डीसी कमिक्सले आफ्नो आगामी सुपरमेन जोन केन्ट ‘समलिंगी’ हुने बताएको छ । नयाँ कमिक संस्करण यसै वर्षको नोभेम्बरमा आउनेछ । जसमा जोन र उसको साथी जय नाकामुराको समलैंगिक सम्बन्ध देखाइनेछ ।

यो कथा ‘सुपरमेनः सन अफ ‘कल–एल’’को हिस्सा हो । जुन जोनको कथा हो । जो आफ्नो पिता क्लार्क केन्टको भूमिकालाई अगाडि बढाउनेछन् ।

डीसी कमिक्सले नेशनल कमिंग आउट डेको अवसर पारेर यो घोषणा गरेको हो । यो दिनलाई अमेरिकामा वार्षिक रुपमा समलैंगिकता जागरुकता दिवसका रुपमा मनाइन्छ ।

यो वर्षको जुलाईमा नयाँ सिरिज सार्वजनिक गरिएको थियो । यसमा जोनलाई जलवायू परिवर्तनका कारण लागेको आगो र हाई स्कुलको सुटिङबाट लडिरहेको र शरणार्थीहरुको प्रत्यर्पणविरुद्ध प्रदर्शन गरिरहेको देखाइएको थियो ।

यसअघि पहिलाका कमिक्स संस्करणमा जोनको साथी गुलाबीवाला कपाल, चश्मा लगाएको एक रिपोर्टर जेसँग देखाइएको थियो । कमिक्सका अनुसार आगामी छैटौं संस्करणमा जोन र जेबीचको रोमान्टिक सम्बन्धलाई देखाइनेछ ।

नयाँ कमिक्सको प्लट के हुन्छ भन्ने जानकारी अहिलेसम्म दिइएको छैन । तर डीसी कमिक्सले सार्वजनिक गरेको तस्वीरहरुमा जोन र जेलाई चुम्बन गरिरहेको देख्न सकिन्छ ।

‘जब मलाई यो कामको प्रस्ताव दिइयो, त्यही बेला आजको सुपरमेन कस्तो हुनुपर्छ भनेर सोचिसकेको थिएँ’, सिरिजका लेखक टोम टेलर भनेका छन् । टेलरले जोनलाई समलिंगीका रुपमा प्रस्तुत गर्ने सोच बनाइरहँदा कमिक्स पनि टेलरको अवधारणामा विचार गरिरहेको थियो ।

‘पछिल्लो केही वर्षमा एक वास्तविक बदलाव आएको छ । दश वर्ष अघि, पाँच वर्ष अघि यो अधिक कठिन थियो । तर मलाई लाग्छ कि वस्तुहरु वास्तवमै स्वागतयोग्य तरिकाले परिवर्तन भएका छन्’, लेखकले भनेका छन् । उनले सामाजिक सञ्जालमा हुने ट्रोललाई पर राखेर हेर्ने हो भने कथामा वास्तवमै सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ४ : १५ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले