इन्स्टाग्राममा सीमित यी अभिनेत्री « Khabarhub

इन्स्टाग्राममा सीमित यी अभिनेत्री


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– सामाजिक सञ्जाल इन्स्टाग्रामको माध्यमबाट आज बलिउडका तमाम सुन्दर अभिनेत्रीहरु चर्चामा आइरहन्छन् । यीमध्ये केही सुन्दर अभिनेत्रीहरु यस्ता पनि छन्, जसलाई बलिउडले कुनै काम दिएको छैन । अर्थात् उनीहरु केवल इन्स्टाग्राममा मात्र रमाइरहेका छन् ।

एकाध फिल्ममा अभिनय गरेपछि अभिनेत्री आयशा शर्मा मूलधारबाट टाढिइन् । यी अभिनेत्री हाल इन्स्टाग्राममा समय व्यतित गरिरहेकी छन् ।

अभिनेत्री मिनिषा लाम्बा इन्स्टाग्राममा आफ्नो बोल्ट फोटोसुटका तस्विर राखेर चर्चामा आउछिन् । मिनिषा पनि लामो समयदेखि मूलधारबाट टाढा छिन् ।

अभिनेत्री नेहा शर्माको हातमा केही ओटीटी प्रोजेक्ट छन् । तर उनको हातमा कुनै फिल्म छैनन् । उनी पनि इन्स्टाका माध्यमबाट चर्चामा आइरहन्छिन् ।

अभिनेत्री तथा मोडल पुनम पाण्डे पनि इन्स्टाग्राममै सीमित छिन् । हालका दिनमा उनलाई फिल्ममा अभिनय गराउन निर्माता डराउने गर्दछन् । किनकी उनी चर्चामा आउनका लागि जे काम पनि गर्न तयार हुन्छिन् ।

अभिनेत्री शर्लिन चोपडा अहिले बेरोजगार छिन् । तर उनी यही बेला इन्स्टाग्रामबाट भरपुर फाइदा उठाइरहेकी छन् ।

सोफिया हयातको अवस्था पनि उस्तै छ । यो समयमा उनको हातमा कुनै फिल्म छैन । उनी इन्स्टाग्रामको दुनियाँमा नै रमाइरहेकी छन् ।

एक समय थियो, जब अभिनेत्री सनी लियोनीको हातमा कैयौं फिल्म पर्थे । तर हालका दिनमा उनी रियालिटी शोमा सीमित छिन् । उनी इन्स्टाग्राममा प्रायः आफ्नो फोटोसुटका तस्वीर शेयर गरिरहन्छिन् ।

अभिनेता अजय देवगनकी साली तनीषा मुखर्जीको इन्स्टाग्राम मोह उस्तै छ । सामाजिक सञ्जालमा उनी दिनानुदिन नयाँ तस्वीर शेयर गरिरहन्छिन् ।

अभिनेत्री इशा गुप्ता सामाजिक सञ्जालमा आफ्नो बोल्ट फोटो शेयर गरिरहन्छिन् । उनको तस्वीर भाइरल हुन धेरै समय नै लाग्दैन ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : ०० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर