पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु « Khabarhub

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– दशैँमा रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६, मान्डुमा लिंगेपिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो ।

पिङ हाल्ने क्रममा लडेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा सोमबार राति मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पिङको लठ्ठा बाँध्ने क्रममा लामा खसेका थिए । लडेर गम्भीर घाइते भएका लामालाई हेटौंडा अस्पतालमा लगिए पनि बचाउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : ४० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम