सम्बन्धविच्छेदपछि होटलमा बसिरहेका छन् नागा « Khabarhub

सम्बन्धविच्छेदपछि होटलमा बसिरहेका छन् नागा


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– दक्षिण भारतीय फिल्मका शक्तिशाली जोडीका रुपमा परिचित नागा चैतन्य र सामन्था रुथ प्रभुले जब सम्बन्धविच्छेदको घोषणा गरे । उनीहरुको फ्यान तथा नजिकका आफन्तलाई ठूलै झड्का लाग्यो ।

दुवैको वैवाहिक जीवनलाई लिएर केही महिनादेखि अनेक अड्कलबाजी चलिरहेको थियो । जुन अड्कलबाजीलाई पुष्टि गर्दै दुवैले २०२१ को अक्टोबर २ मा अलग्गिने निर्णय लिए ।

समाचारअनुसार आपसी सहमतिमा गरिएको यो सम्बन्धविच्छेदपछि नागा एक महिनादेखि हैदराबादको एक पाँचतारे होटलमा बसिरहेका छन् । जबकी सामन्था त्यही घरमा पुगेकी छिन्, जहाँ कुनै समय उनी नागाका साथ बस्थिइन् ।

नागाले हैदराबादको एक जुबली पहाडमा घर किनेका छन् । जुन घरको हाल रिनोभेसन चलिरहेको छ । यो नयाँ घरको रिनोभेसनको काम पुरा भएपछि उनी घरमा आउनेछन् ।

नागाले दुई वर्ष अघि बलिउड अभिनेत्री तब्बुबाट घर किनेका थिए । विवाह पछि उनी सामन्थासँग त्यही बस्थे ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : ४५ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका