मानसिक शक्ति, शरीरमा उष्णता बढाउने र ब्रम्हचर्य पालन गर्ने प्राणयाम « Khabarhub

मानसिक शक्ति, शरीरमा उष्णता बढाउने र ब्रम्हचर्य पालन गर्ने प्राणयाम


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राणायाम एक प्रकारको सासको क्रिया हो । शास्त्रहरूमा सातदेखि १० प्रकारका प्राणायामको वर्णन गरिएको छ । प्राणायाम गर्न पलेटी कसेर बस्नुपर्छ । नाकबाट बिस्तारै बिस्तारै लामो र गहिरो सास लिने अनि नाकबाट नै छोड्ने । यस क्रियालाई दोहोर्‍याउनु पर्दछ । यहाँ मानसिक शक्ति बढाउने, शरीरमा उष्णता बढाउने र ब्रम्हचर्य पालनाका लागि गर्ने प्राणायाम बारे चर्चा गरिएको छ ।

मानसिक शक्ति बढाउने प्राणायाम :

– दायाँ खुट्टाको कुर्कुच्चा, बायाँ खुट्टाको जाँघमाथि र बायाँ खुट्टाको कुर्कुच्चा मलद्वारमा राख्नुहोस् । त्यसपछि च्युडोलाई छातीमा टाँसेर राख्नुहोस् र आँखा बन्द गर्नुहोस् ।

– अब गहिरो तथा लामो श्वास तान्दै केहीबेर भित्रै रोकेर हावा बाहिर निकाल्नुहोस् ।

शरीरमा उष्णता बढाउने प्राणायाम :

– पहिले साधारण तरिकाले विस्तार–बिस्तारै पूरक तथा रेचक गर्नुहोस् । यस अभ्यासमा कुम्भकको आवश्यकता छैन ।

– त्यसपछि क्रमश: श्वासप्रश्वास क्रियालाई छिटो छिटो बढाउँदै जानुहोस् । जो फलाम बनाउने लोहारको पंखा जसरी चल्नु पर्दछ ।

ब्रह्मचर्य पालनका लागि प्राणायाम :

– बायाँ पाउको कुर्कुच्चा सीवन (मलद्वार र अण्डकोषको बिचको स्थान)मा राख्नुहोस् । यसो गर्दा दायाँ पाउको कुर्कुच्चा मुत्रेन्द्रियको माथि हुनु पर्दछ । यस क्रियामा सहजता कालागि नितम्ब मुनी पातलो तकिया लगाउन सकिन्छ ।

– अब जुन स्वर चलिरहेको छ, त्यसबाट श्वास तान्ने, अर्को प्वाललाई बन्द गर्ने ।

– केही समय कुम्बक गर्ने जुनबाट श्वास तानिएको थियो त्यस नातृलाई बुढि औलाले बन्द गरेर अर्कोबाट श्वास बाहिर निकाल्ने ।

– श्वास तान्ने समय मलद्वारलाई एकदम खुम्च्याउने (टाइट गर्ने) कुम्भकको समय त्यसलाई टाइट गरेरै रोकिरहने र रेचकको समयलाई लचिलो छोडिदिने ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ०६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन