क्रोएसिया र रसियाको शानदार जित, स्लोभाकिया र स्लोवेनियाले अंक बाँडे « Khabarhub

क्रोएसिया र रसियाको शानदार जित, स्लोभाकिया र स्लोवेनियाले अंक बाँडे


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकपको युरोपेली छनोट अन्तर्गत गए राति भएका दुई खेलमा क्रोएसिया र रसियाले शानदार जित निकालेका छन् ।

समूह एचको खेलमा क्रोएसियाले माल्टालाई ७–१ गोल र अर्को खेलमा रसियाले साइप्रसलाई ६–० ले अन्तरले हराएको हो ।

यी दुवै टिम विश्वकपमा सोझै छनोट हुने टुङ्गो आईतबार लाग्नेछ । क्रोएसियाले अब आईतबार समूह एचको फाइनल खेलमा रसियालाई घरेलु मैदानमा आमन्त्रण गर्नेछ ।

यससँगै दुई अंकको अग्रता लिएको रसियाका लागि आगामी खेलमा बराबरीको नतिजाले मात्र पनि विश्वकपमा छनोट गराउनेछ । समूह एचमा रसिया २२ अंक सहित शीर्ष स्थानमा छ ।

क्रोएसियाले भने तेस्रो स्थानको स्लोभाकियासँग ९ अंकको अग्रता लिएको छ । सोही समूहको अर्को खेलमा स्लोभाकिया र स्लोवेनियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

क्रोएसिया २० अंक सहित दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ०८ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

पहिरोले बिपी राजमार्ग अवरुद्ध : रोशी खाेलामा बाढी

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी