लिचेस्टाइनमाथि जर्मनीको फराकिलो जित « Khabarhub

लिचेस्टाइनमाथि जर्मनीको फराकिलो जित


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ – विश्वकप २०२२ को युरोपेली छनोटमा जर्मनीले लिचेस्टाइनमाथि ९-० को फराकिलो जित हात पारेको छ ।

जर्मनीको जितमा लोरे साने र थोमस मुलरले समान दुई गोल गरे । त्यस्तै एलके गुन्डोगन, मार्को रिउस, रिडल बाकुले एक गोल गरे । जर्मनीले दुई गोल लिचेस्टाइनका ड्यानिय कौफम्यान र म्याक्सिमिलियन गोपेलबाट आत्मघाती उपहार पाएको थियो ।

नवौं मिनेटमा जेन्स होफेरले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि लिचेस्टाइन १० खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै समूह ‘जे’ मा नौ खेलबाट २४ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा छ । समान खेलमा नर्थ मासेडोनिया १५ र रोमानिया १४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

अर्मेनिया १२ र आइसल्यान्ड ९ अंक जोड्दै चौथो र पाँचौ स्थानमा छ । त्यस्तै समान खेलबाट एक अंक जोडेको लिचेस्टाइन भने तालिकाको पुछारमा छ ।

समूह ‘जे’बाट यसअघि नै विश्वकपको यात्रा पक्का गरिसकेको जर्मनीले समूहमा बलियो प्रभाव जमाएको छ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ३२ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

पहिरोले बिपी राजमार्ग अवरुद्ध : रोशी खाेलामा बाढी

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी