सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा, प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन वकिलहरू भेला « Khabarhub

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा, प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन वकिलहरू भेला


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि बिहानैदेखि शसस्त्र प्रहरी, नेपाल प्रहरीलगायतलाई परिचालन गरिएको हो ।अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सुरक्षा सतर्कता बढाइएको बताएका छन् । सुरक्षाको व्यवस्थापन काठमाडौं परिसरले गरिरहेको हो ।

हरेक वृत्तबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली रामशाहपथ क्षेत्रमा खटिएको छ ।

अहिले बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई प्रवेश गर्न नदिन बारका वकिलहरु विभिन्न नारा लेखिएका नारा र प्लेकार्ड बोकेर गेटतर्फ अघि बढेका छन् ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ४२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन