जनगणनामा खस भाषा जगेर्ना गर्नेगरी विवरण दिन सुझाव « Khabarhub

जनगणनामा खस भाषा जगेर्ना गर्नेगरी विवरण दिन सुझाव


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जनगणनाका क्रममा खस भाषाको जगेर्ना गर्नेगरी उत्तर दिन विज्ञले कर्णालीका सर्वसाधारणलाई आग्रह गरेका छन् ।

जुम्ला बहुमुखी क्याम्पसका उपप्रमुख प्रकाशचन्द्र खत्रीले यस पटकको जनगणननमा मातृभाषा खस राख्न कर्णालीवासी र सम्पूर्ण खसभाषा बोल्नेहरूलाई अनुराध गरेका हुन् । उनले जनगणना २०६८ मा खसभाषा बोल्ने कर्णालीमा जम्मा ३४ जना भएकोले यस पटक खस भाषा जगेर्ना गर्नेगरी जवाफ दिन आग्रह गरिएका हुन्को ।

भाषाका जानकार रमानन्द आचार्यले खस भाषा बचाउन जनगणामा नै समेटनु पर्ने बताए। तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले पनि विवरण दिँदा खस भाषामा जोड दिन उत्तरदातालाई अनुरोध गरेका छन् ।

पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले यो समयमा खस भाषाको जगेर्ना गर्न उपयुक्त अवसर भएको बताए । उनका अनुसार जनगणना २०७८ अनुसार प्रश्न १७ पछि मातृभाषा र दोस्रो भाषा भन्नेछ । त्यहाँ मातृभाषा खस लेख्न सकिन्छ भने दोस्रो भाषा नेपाली लेख्न सकिने जनगणना कार्यालयले जनाएको छ । त्यहाँ पुर्खाको भाषा पनि खस भाषा हुन सक्ने विज्ञहरू बताउँछन् ।

बिहीबारबाट जिल्ला जनगणना कार्यालय जुम्लाले गणकहरू घरघर पठाएको कार्यालय प्रमुख शंकरदत्त भट्टले बताए । उनका अनुसार जुम्लामा पहिलो गणना जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाइँको गरिएको छ ।

प्रजिअ प्रसाइँको गणना गर्ने गणक बिष्णुदेवी भण्डारीसहित जिल्लाभर एक सय ६४ जना गणक खटाइएको छ भने ४१ जना सुपरभाइजर खटाइएको छ । जनगणना २०६८ अनुसार जुम्लामा एक लाख आठ हजार जनसंख्या थियो । यस पटक केही बढ्ने अनुमान छ ।

उत्तरदाताका लागि जम्मा ३७ प्रश्न र सामुदायिक २१ गरी ५८ प्रश्नावली छन् । ५८ वटा प्रश्नावलीमा २१ वटा वडा कार्यालयमा भरिनेछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १ : ४२ बजे

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको

इरान तनाव चर्किँदै, मृतकको सङ्ख्या ५४४ पुग्यो

दुबई– इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा