निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाहीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित « Khabarhub

निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाहीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– निर्वाचन अधिकृतले नै राजीनामा दिएर हिडेपछि सर्लाहीमा शनिवारका लागि तय भएको कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय निर्वाचन समितिले सर्लाहीको लागि निर्वाचन अधिकृतको रुपमा खटाएको विनोद कार्कीले शुक्रबार बिहान राजीनामा दिएर काठमाडौँ फर्किएका हुन् ।

कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको विवाद र दबाबका कारण निर्वाचन अधिकृत पदबाट राजीनामा दिएको कार्कीले संकेत गरेका छन् । आसन्न निर्वाचनमा जिल्ला सभापतिको दावेदार उनीहरूबीच पालिका तथा वडास्तरमा पनि उत्तिकै प्रतिस्पर्धा हुने देखिएको छ ।

हालका जिल्ला सभापति नागेन्द्रकुमार राय कांग्रेस केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । जिल्लामा कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा समेत विवाद थियो ।

जिल्ला सभापति नागेन्द्रकुमारको दबाब खेप्न नसकेर निर्वाचन अधिकृतले राजिनामा बुझाएको लक्ष्मण रायको भनाइ छ । ‘जिल्ला सभापतिले निर्वाचन अधिकृतलाई कामै गर्न दिएनन्,’ उनले भने, ‘सबै कुरा मैले भनेको मात्र गर, नत्र जाउँ भनेकाले उहाँ जानुभएको छ । यसको जिम्मा सबै सभापतिज्यूले लिनुपर्छ ।’

जिल्ला सभापति रायले भने पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षको कारण निर्वाचन अधिकृत काम गर्न नसकेर राजीनामा दिएर गएका दावी गरेका छन् ।

यता, निर्वाचन अधिकृतबाट राजीनामा दिएका कार्कीले भने दुई पक्षको दबाब थेग्न नसकेर राजीनामा दिएको बताएका छन् । उनले संचारकर्मीहरूसँग एक पक्षले एक थरी र अर्को पक्षले अर्कै थरी कुरा गर्दा निर्वाचन गराउन सक्ने अवस्था नदेखिएकोले राजीननामा दिनुपरेको बताएका हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ३ : ३६ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन