अमेरिकी पत्रकारलाई म्यानमारमा एघार वर्ष जेल सजायको फैसला « Khabarhub

अमेरिकी पत्रकारलाई म्यानमारमा एघार वर्ष जेल सजायको फैसला


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ ।

उनका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै उनलाई जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन् ।

सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ । सैन्य कूविरुद्ध प्रर्दशन र आलोचना गर्ने दर्जनौं पत्रकारहरूलाई सैनिक सरकारले गिरफ्तार गरेको छ । स्थानीय अनुगमन समूहका अनुसार सैन्य कूका विरोधमा भएको प्रर्दशनको क्रममा १२ सयभन्दा बढी व्यक्तिहरू मारिएका थिए भने हजारौँ पक्राउ परेका थिए ।

करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहनु भएका ड्यानी फेन्स्टर आफ्नो परिवारलाई भेट्न देश छोड्न खोज्दा मे महिनामा पक्राउ पर्नु भएको थियो ।

उनलाई अन्य नागारिकलाई उक्साउने, गैरकानूनी रुपमा भिसा नियम उल्लङ्घन गरेकोलागयतका आरोपमा एघार वर्षको जेल सजाय सुनाइएको उनका वकिल थान जाव आङले जानकारी दिए ।

उनको मुद्दा पुनरावेदन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय भइनसकेको ती वकिलले बताए । पक्राउ पर्नु भएका पत्रकार फेन्स्टरलाई याङ्गुनको इन्सेन जेलमा राखिएको छ  ।  उनलाई देशद्रोह र आतंकवादको आरोप पनि लगाइएको छ । उनलाई आजीवन जेल सजाय दिन सक्ने पनि अनुमान गरिएको छ ।

फ्रन्टियर म्यानमारले प्रकाशित गरेको विज्ञप्तिमा अदालतको फैसलाबाट आफूहरु सबैजना निराश भएको र ड्यानीलाई रिहा गरिएको हेर्न चाहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ४० बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम

काठमाडौं महानगरमा लक्षित वर्ग कार्यक्रमका लागि ३३ सङ्घसंस्थाबाट प्रस्ताव

काठमाडौं– काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले लक्षित वर्गको कार्यक्रम सहयोग