सत्ताको घमण्डकै कारण केही शक्ति बाहिर आए : अध्यक्ष नेपाल « Khabarhub

सत्ताको घमण्डकै कारण केही शक्ति बाहिर आए : अध्यक्ष नेपाल


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सत्तामा पुगेपछि सबैभन्दा मै ठूलो, मैले भनेको सबैले मान्नु भर्छ भन्ने दम्भीय प्रवृत्तिबाट केही शक्ति बाहिर आएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

शुक्रबार सुनसरीको चतरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले अरूलाई अपमान गर्ने, शक्तिमा बसेर अरूलाई फरक नजरले हेर्ने प्रवृत्तिले निरङ्कुश शक्तिको हाबी हुने बताए ।

नेकपा एमाले अध्यक्ष केपी ओली लक्षित गर्दै दम्भ घण्मडकै कारण केही शक्ति सत्ताबाट बाहिर आएको समेत उनको भनाइ थियो ।

म ठूलो मान्छे भए, मलाई कसैले केही गर्न सक्दैनन् भन्ने घमण्ड आजैबाट हटाउनु पर्छ । उनले भने, ‘यो संसारमा राम्रो बाटो हिँड्ने पनि छन्, नराम्रो तिर पनि हिँड्ने छन् । सताउने पनि छन् र तर आफू कस्तो बन्ने भन्ने बारे चनाखो रहनु पर्छ।’

अध्यक्ष नेपालले चतरा धाम विश्व स्तरमा चिनाउन आफू प्रधानमन्त्री भएका बेला उल्लेखनीय काम गरेको बताए । मन्दिरले भरिएको देश नेपालमा विश्वका हिन्दु धर्मावलम्बीलाई दर्शन गर्ने भावना जगाउन चतराधामले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

आफू प्रधानमन्त्री भएकाले धार्मिक सङ्ग्रहालय बनाउने कामअघि बढाएको तर सरकार फेरिएकाले अघि बढ्न नसकेको बताए । अहिलेको सरकारको संस्कृति तथा नागरिक उड्डयन मन्त्री आफ्नै नेता भएकाले नेपालको कुनै एक स्थानमा धार्मिक सङ्ग्रहालय बन्ने आश्वासनसमेत बाडे ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन