रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु « Khabarhub

रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रत्येक वर्ष जनकपुरधाममा हुने धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी थालिएको छ ।

१७ देखि सप्ताह व्यापी मनाइने विवाहपञ्चमी महोत्सव भव्य बनाउन जानकी मन्दिरले तयारी थालेको हो । विवाहपञ्चमीलाई भव्य बनाउन मन्दिरले  मूल समारोह समितिका साथै विभिन्न उपसमिति गठन गरिने जानकी मन्दिरमा महन्त रामतपेशर दासले बताए ।

शुक्रबार पत्रकार सम्मेलन गरी मन्दिरले विवाहपञ्चमीको तयारीको विषयमा जानकारी दिएको हो ।

विगतका वर्षहरूमा विवाहपञ्चमीमा सहभागी नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूको सहभागिता हुने गरेको भए पनि मन्दिरले अहिले सम्म त्यसको विषय जानकारी गराएका छैन । महन्त दासले भने,‘अहिले सम्म अतिथिहरूको फिक्स हुन सकेको छैन, फिक्स भएपछि यहाँहरूलाई जानकारी गराउँछौं ।’

विवाहपञ्चमीको तयारीस्वरूप अहिले मन्दिर परिसरमा पंडाल निर्माण, सौन्दर्यकरण, सरसफाइका काम सुरु गरिसकेको छ ।

यसैबीच,विवाहपञ्चमीको अवसरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि केही दिनका लागि माछा–मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन