नेपालमा एकल नेतृत्वका लागि कुनै दल सक्षम छैनन् : मन्त्री यादव | Khabarhub Khabarhub

नेपालमा एकल नेतृत्वका लागि कुनै दल सक्षम छैनन् : मन्त्री यादव


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री रामसरोजकुमार यादवले नेपालका कुनै पनि पार्टीले सरकार एकल नेतृत्व गर्न सक्षम नरहेको दाबी गरेका छन् ।

नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल कांग्रेस निकट लोकतान्त्रिक इन्जिनियर समूह (दिलीप कुमार झा) फाइनलले शुक्रबार जनकपुरधाममा आयोजना गरेको एक अन्तरक्रियामा मन्त्री यादवले उक्त दाबी गरेका हुन् ।

‘छिमेकी मुलुक भारतमा लामो समयदेखि विभिन्न पार्टीका संयुक्त सरकारको अभ्यास रहे पनि नेपालमा त्यो अहिलेसम्म खासै गरिएको छैन’, मन्त्री यादवले भने, ‘अहिलेको अवस्थामा नेपालमा कुनै पनि पार्टी एकल सरकारको नेतृत्व गर्न सक्षम देखिएको छैन । तत्कालीन नेकपाको झन्डै दुई तिहाइको सरकारले पनि पाँच वर्षसम्म नेतृत्व गर्न सकेन ।’

संघीय सरकारदेखि प्रदेश सरकारमा पनि सम्पूर्ण लोकतान्त्रिक शक्ति एकजुट भई सरकारको नेतृत्व गरिरहेको भन्दै मन्त्री यादवले भने, ‘संविधान र संघीयतालाई संस्थागत गर्न अहिले लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुको विकल्प छैन । हामी एकजुट भएर अगाडी बढेको खण्डमा मात्रै लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न सक्छौं ।’

अगामी मंसिर २४ गते हुने नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचन नजिकिँदै जर्दा विभिन्न संगठनले आ–आफ्ना प्यानलका उम्मेदवारको प्रचार गरिरहेका छन् । सोही क्रममा लोकतान्त्रिक इन्जिनियर समूहबाट नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष पदका उम्मेदवार दिलीप कुमार झाले शुक्रबार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरेका थिए ।

देशको भौतिक पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उम्मेदवार झाले भने, ‘एसोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धिदेखि लिएर उनीहरूको पेसागत सुरक्षा, बेरोजगारीलगायतका समस्या सम्बोधन गर्न हाम्रो टिम सक्षम छ ।’

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ५९ बजे

कमैया मुक्तिको २५ वर्ष : पुनर्स्थापनाको अवसरबाट अझै बाहिर 

धनगढी– २०५७ साउन २ कमैया समुदायका लागि खुसीको दिन । नीतिगत

वामदेवले भने- आवश्यक परे मेरा हातहरू हतियारका रुपमा प्रयोग गर्छु

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीमा विलय हुने क्रममा नेपाल

बजेट अधिवेशनबाट सात विधेयक पारित, बाँकी विधेयकको अवस्था के छ ?

काठमाडौं– संघीय संसद्को चालु बजेट अधिवेशनमा विभिन्न सातवटा विधेयकहरू पारित

बर्दियाका आठ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

काठमाडौं– नेपाल सरकार र कोरियाली सरकारबीच बर्दिया जिल्लामा समावेशी ग्रामीण

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमैयाका समस्या समाधान गर्न