प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण « Khabarhub

प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय धनगढी पुग्दा उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

विसं २०२० मा बाजुराको साविक कुलमाडौँ गाविस (हाल बुढीगङ्गा नगरपालिका–५मा) जन्मिएका उनी प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटकपटक पक्राउ परेका थिए ।

बाजुराकै भानुदय माविमा प्रवेशिका परीक्षा(एसएलसी) उत्तीर्ण गरेका उनले कैलाली बहुमुखी क्याम्पस धनगढीबाट प्रमाणपत्र तह र त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट अङ्ग्रेजी विषयमा डिप्लोसम्मको अध्ययन गरेका थिए ।

विसं २०४६ मा भएको राजनीतिक परिवर्तनसँगै २०४८ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित उनी देशकै कान्छो प्रतिनिधिसभा सदस्य थिए ।

नेपाली कांग्रेसले टिकट दिएपछि उनी भानुदय माविको शिक्षक पदबाट राजीनामा गरेर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए । उनी पहिलो संविधान सदस्यका लागि भएको निर्वाचनमा बाजुराबाट निर्वाचित भएका थिए । सशस्त्र युद्धको समयमा तत्कालीन बिद्रोही माओवादीले विसं २०५८ मा उनलाई अपहरण गरेर ८२ दिनसम्म बेपत्ता पारेको थियो ।

पदभार ग्रहणपछि उनले सबैको सहयोगमा आफूले पदीय जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूप्रति विश्वास र भरोसा गरेर प्रदेश प्रमुखको जिम्मेवारी दिएकोमा उनले आभार व्यक्त गरे ।

देश सङ्घीय संरचनामा गएसँगै सुदूरपश्चिम प्रदेशमा नियुक्त हुने उनी चौथो प्रदेश प्रमुख हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : ५० बजे

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न