दादी बलसाराको सफलता « Khabarhub

दादी बलसाराको सफलता


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तीस वर्ष अघि दादी बलसारा नागपुरमा एलआइसी अफिसर थिए । उनले ६० वटा रुपैयाँ मासिक तलब पाउँथे । आज उनले ६३ राष्ट्रमा ७ अर्व डलरको विजनेश साम्राज्य चलाइरहेका छन् । उनको व्यक्तिगत सम्पत्ति २ अरब डलर जति छ भने उनी सबैभन्दा धनी भारतीय मध्येका एक हुन् । डा. बलसारा सिंगापुरमा बस्छन् । त्यहाँ परफ्युँ बेच्छन् ।

उनी अमेरिकामा आभूषण, स्विट्जरल्याण्डमा घडी र ताइवानमा जिन्स पनि बेच्छन् । उनको सफलताको कहानी रोचक छ । एलआईसी अफिसरको रुपमा बलसारा खासै सफल थिएनन् । उनमा महत्वकांक्षा थियो । यसैकारण उनी छात्रवृत्ति पाएर मनोचिकित्सा अध्ययन गर्न अमेरिका गए । जब उनी त्यहाँ मेडिकल अभ्यास शुरु गरे तब एकदमै थोरै बिरामीहरु उनीकहाँ आउँथे ।

यसकारण क्लिनिक बन्दै गर्ने स्थिति आयो । यो पेशामा सफलता हात नलागेपछि बलसाराले टिभीमा ज्योतिष कार्यक्रम प्रस्तुत गर्ने योजना बनाए । पहिला दुई टिभी च्यानलले उनको प्रस्ताव स्वीकार गरे तापनि अमेरिकामा प्रशारण भइरहेका एक जापानी टिभी कार्यक्रम ‘तपाईं र तपाईंको भाग्य’ र ‘मस्तिष्कको शक्ति’ अत्यन्त लोकप्रिय भए । ज्योतिष र हस्तरेखा विशेषज्ञको रुपमा उनी जोन एफ. केनेडी, निक्सन, च्याऊ एन लाई र बिल क्लिन्टन जस्ता प्रख्यात नेताहरुसँग भेटिसकेका छन् ।

डा. बलसारालाई त्यति बेला सफलता मिल्यो जब उनले माउन्ट एभरेष्ट मिनरल वाटर वेच्न शुरु गरे । उनले हिमान्चल प्रदेशबाट प्राकृतिक मिनरल वाटर बोतलमा भराएर त्यसलाई अमेरिका लगाएत अन्य धेरै देशहरुमा बेच्ने गर्थे । उनी भन्थे, यदि कसैमा व्यापार व्यवसाय शुरु गर्ने जोश छ र नयाँ काम शुरु गर्ने मौलिक विचार छ भने संसारको कुनै पनि ताकतले उसलाई रोक्न सक्दैन । हाम्रो मन भित्रको डरले नै हामीलाई रोक्छ ।

साभार : ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ३७ बजे

रसुवागढी भन्सार : धमाधम सरसामान तथा सवारीसाधन आयात

रसुवा– रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन

तरबुजाखेतीमा किसानलाई आकर्षित गर्दै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि

बैतडीमा पाँच मतदान केन्द्र थपिए

बैतडी– बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी फागुन

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट

भेनेजुएला: डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं – भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी