सेभिल्ला र भ्यालेन्सियाको जित « Khabarhub

सेभिल्ला र भ्यालेन्सियाको जित


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा शनिबार राति भएको फरक खेलमा सेभिल्ला र भ्यालेन्सियाले जित निकालेका छन् ।

घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाले इल्चेलाई २-१ अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाको छैटौँ जितमा गोनकालो गुयडेस र क्रिष्टियानो पिचिनीले १/१ गोल गरे । इल्चेका लुकास बोयले सान्त्वना गोल गरे ।

जितसँगै भ्यालेन्सिया १७ खेलबाट २५ अंक बनाउँदै सातौँ स्थानमा छ । १५ अंक बनाएको इल्चे १६ औँ स्थानमा छ ।

अर्को खेलमा सेभिल्लाले एथ्लेटिको क्लबलाई १-० अन्तरले पराजित गरेको छ । भ्रमणकारी टोली सेभिल्लाको जितमा खेलको ३८औँ मिनेटमा थोमस डेलान्सीले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै सेभिल्ला १६ खेलबाट ३४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । पराजित एथ्लेटिको २१ अंकसहित १०औँ स्थानमा छ ।

ला लिगामा १६ खेलबाट ३९ अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : १५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र