एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्दै | Khabarhub Khabarhub

एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्दै


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्ने भएको छ ।

आज आइतबार बिहान ११ बजे गठ्ठाघर भक्तपुरमा सुरु हुने केन्द्रीय कमिटीको बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ ।

आजको बैठकमार्फत ४५ जनालाई स्थायी सदस्य बनाउने गरी अध्यक्ष केपी ओलीले गृहकार्य गरेका बुझिएको छ । जसमा १९ जना पदाधिकारी, स्थायी समितिका पूर्व सदस्य, नवौँ महाधिवेशनपछि पोलिटव्यूरोमा रहेका १७ नेता र नवौँ महाधिवेशनअघि नै पोलिटव्यूरो सदस्य रहेर बिचमा छुटेका नेताहरु समेटिने सम्भावना छ ।

शनिबार सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकको पहिलो दिन केही महत्त्वपूर्ण विषयहरुमा छलफल गरी निर्णय भएको थियो।

त्यसैगरी विधानमा आवश्यक सम्पादन र पार्टीको नियमावली संशोधन गर्नका लागि कार्यदल गठन गरेको छ। यस्तै, बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्नुका साथै आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकमा शनिबार शपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराइएको थियो। बैठकमा छलफलका लागि विभिन्न १५ वटा कार्यसूची तय भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : २८ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले