एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्दै « Khabarhub

एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्दै


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्ने भएको छ ।

आज आइतबार बिहान ११ बजे गठ्ठाघर भक्तपुरमा सुरु हुने केन्द्रीय कमिटीको बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ ।

आजको बैठकमार्फत ४५ जनालाई स्थायी सदस्य बनाउने गरी अध्यक्ष केपी ओलीले गृहकार्य गरेका बुझिएको छ । जसमा १९ जना पदाधिकारी, स्थायी समितिका पूर्व सदस्य, नवौँ महाधिवेशनपछि पोलिटव्यूरोमा रहेका १७ नेता र नवौँ महाधिवेशनअघि नै पोलिटव्यूरो सदस्य रहेर बिचमा छुटेका नेताहरु समेटिने सम्भावना छ ।

शनिबार सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकको पहिलो दिन केही महत्त्वपूर्ण विषयहरुमा छलफल गरी निर्णय भएको थियो।

त्यसैगरी विधानमा आवश्यक सम्पादन र पार्टीको नियमावली संशोधन गर्नका लागि कार्यदल गठन गरेको छ। यस्तै, बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्नुका साथै आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकमा शनिबार शपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराइएको थियो। बैठकमा छलफलका लागि विभिन्न १५ वटा कार्यसूची तय भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : २८ बजे

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न