उम्मेदवारी मनोनयन फिर्ता लिने समय डेढ घण्टा लम्बियो « Khabarhub

उम्मेदवारी मनोनयन फिर्ता लिने समय डेढ घण्टा लम्बियो

२ जना केन्द्रीय सदस्यमा  निर्विरोध, २ जनाको फिर्ता 


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी मनोनयन फिर्ता लिने समय डेढ घण्टा थपेको छ ।

यसअघि सार्वजनिक गरिएको कार्यतालिका अनुसार आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएकोमा थप डेढ घण्टा समय बढाएर १२ : ३० बजेसम्म पुर्‍याइएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म २ जनाले मात्र उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनले उम्मेदवारी फिर्ता लिएपछि प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएको उनले बताए ।

आफ्नो असहमतीमा नै उम्मेदवारी दर्ता गराइएको भन्दै नेता मीन विश्वकर्माले पनि उम्मेदवारी फिर्ता गरेका छन् ।

आइतबार बिहान नेता विश्वकर्माले फिर्ताका लागि निर्वाचन समितिमा निवेदन दिएका थिए । सभापति शेरबहादुर देउवाको प्यालनबाट पदाधिकारीमा उम्मेदवारी दिन लागेका विश्वकर्मा सो टिममा अटाएका थिएनन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ५९ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व