देउवाका चर्चित सारथीहरू जो केन्द्रीय सदस्य उम्मेदवारमै खुम्चिन बाध्य भए « Khabarhub

देउवाका चर्चित सारथीहरू जो केन्द्रीय सदस्य उम्मेदवारमै खुम्चिन बाध्य भए


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतबार उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ ।

दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी छ । त्यसपछि उम्मेदवारहरू महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न लाग्नेछन् । शनिबार मनोनयन दर्ता गरेसँगै भोट माग्ने क्रम जारी छ ।

तर, यसपटकको महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवाका चर्चित सारथीहरू आफूलाई मत माग्न महाधिवेशनस्थलमा देखिएनन् । जसमा ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा.नारायण खड्का, एनपी साउद, रमेश लेखक, मीन विश्वकर्मा, शंकर भण्डारी, मोहनबहादुर बस्नेतहरूलगायत छन् ।

कार्की सञ्चारमन्त्री, खाँण गृहमन्त्री र खड्का परराष्ट्रमन्त्री छन् । साउद, लेखक, विश्वकर्मा, भण्डारी, बस्नेत केन्द्रीय सदस्य थिए । यी सबै १४औं महाधिवेशनमा पदाधिकारीका आकांक्षी थिए । तर, कसैले पनि पदाधिकारीको टिकट पाएनन् । महामन्त्रीमा खाँण र कार्कीको हानथापले डा.प्रकाशशरण महतले बाजी मारे ।

लेखकले त आफैं गएर केन्द्रीय सदस्यको मनोनयनसमेत दर्ता गराएनन् । महाधिवेशनस्थलमै भएर पनि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गरे । विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी नै फिर्ता लिए । देउवाको सूचीमा नअटेका कारण उनले मनोनयन फिर्ता लिएका हुन् ।

देउवा अहिलेसम्म कांग्रेसमा बलियो हुनुमा कार्की, खाँण, खड्का, साउद, लेखक, विश्वकर्मा, भण्डारी, बस्नेतको धेरै हात छ । बस्नेत विरामी भएकाले चुनावमा त्यति सक्रिय हुन सकेका छैनन् । तर, खड्काले त केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दर्ता गराएनन् ।

आखिर किन देउवाले आफ्ना चर्चित सारथीहरूलाई पदाधिकारीमा लगेनन् त ? देउवा निकट एक नेताका अनुसार अहिले संस्थापनमा कृष्णप्रसाद सिटौलाको हालीमुहाली बढेको छ । यसले गर्दा पनि कोही खुलेर महाधिवेशनमा प्रचार प्रसारमा लागेका छैनन् ।

सिटौला प्रभावशाली हुँदै जाँदा कोइराला समूहबाट शैलजा आचार्य, चक्र बाँस्तोला, भीमबहादुर तामाङ, गोविन्दराज जोशीहरू विस्थापित भए । अब सायद रमेश लेखक, एनपी साउदहरू देउवा शिविरबाट बाहिरिन सक्ने अनुमान गर्न थालिएको छ । आफ्ना बलिया सारथीलाई केन्द्रीय सदस्यको उम्मेदवारमै खुम्चिन बाध्य पारेको असर निर्वाचनमा देखिन सक्ने ती नेताको भनाइ छ ।-न्युज कारखानाबाट

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १२ : ३० बजे

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा