सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता « Khabarhub

सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ ।

थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ६० जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् ।

पदाधिकारीबाहेक ५८ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५८ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : १५ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व