शेयर बजार साम्राज्यवादको विकसित रुप : प्रचण्ड « Khabarhub

शेयर बजार साम्राज्यवादको विकसित रुप : प्रचण्ड


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको एक महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका छन् । उनले शेयर बजारमा लगानी हुनु गलत भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले शनिबार शेयरबजारबारे टिप्पणी गरेका हुन् । पछिल्ला दिनहरुमा शेयर बजार लगातार ओरालो लागिरहेको छ । बजार ओरालो लगेपछि लगानीकर्ताहरुले शेयर बजार विरोधीलाई नो भोट अभियान घोषणा गरेका छन् । प्रचण्डको शेयर बजारप्रतिको टिप्पणीले शेयर बजारमा नकरात्मक प्रभाव पार्ने जोखिम बढेको छ ।

प्रचण्डले भनेका छन्, ‘पहिला–पहिला पुँजीको लगानी उद्योगमा, उत्पादनमा लगानी हुन्थ्यो, त्यहाँबाट आउने नाफा पुँजीपतिहरुले लिन्थे, आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन, मूख्यतया पुँजीको लगानी पुँजीमै हुन्छ ।’ उनले भने ‘पुँजीको लगानी पुँजीमै हुने वित्तीय पुँजीबादको विशेषयता भएर देखा परेको भन्दै धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरु हेर्दा बैंक भए पनि विषय त्यति सजिलो नभएको टिप्पणी गरे।

उनले यो साम्राज्यवादको विकसित रुप र वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने र नाफा संसारका केही सिमित पुँजीपतिको हातमा संसारकै धन हात पार्ने र विश्वका ८० प्रतिशत नागरिकलाई भोको नाङ्गो राख्ने प्रणाली भएको जिकिर गरे।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ५ : २९ बजे

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र