प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति नभए विवाद हुन्छ, मलाई जिताउनुहोस् : देउवा « Khabarhub

प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति नभए विवाद हुन्छ, मलाई जिताउनुहोस् : देउवा


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफूलाई सभापतिमा जिताउन आवश्यक रहेको बताएका छन् । मतदानको अघिल्लो दिन आइतबार पत्रकार सम्मेलन आयोजना गरेर देउवाले आफूले सभापतिमा जित हात पारे तीनै तहको निर्वाचनमा पार्टीलाई जित दिलाउने वाचासमेत गरे ।

उनले सभापति र प्रधानमन्त्री हुँदा विवाद हुने त्यसैले पनि आफूले जित्नु आवश्यक रहेको तर्क गरे। उनले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको स्मरण गर्दै सभापति र प्रधनमन्त्री फरक फरक नेताहरु हुँदा पार्टीमा विवाद भएको बताए ।

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली फेरि सत्ता कब्जा गर्ने रणनीतिमा रहेको भन्दै देउवा हार्ने वा जित्नेभन्दा पनि प्रजातन्त्र जिताउने कुरा रहेको बताए।

पत्रकार सम्मेलनमा रहेका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिमा पराजित प्रधानमन्त्रीको नेतृत्वमा जुनावमा जान नसकिने भन्दै देउवालाई जिताउनुपर्ने बताए । उनले आफू सडकमै बसेर देउवालाई जिताउन लागेको बताए।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ५ : ४६ बजे

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा