प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति नभए विवाद हुन्छ, मलाई जिताउनुहोस् : देउवा « Khabarhub

प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति नभए विवाद हुन्छ, मलाई जिताउनुहोस् : देउवा


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफूलाई सभापतिमा जिताउन आवश्यक रहेको बताएका छन् । मतदानको अघिल्लो दिन आइतबार पत्रकार सम्मेलन आयोजना गरेर देउवाले आफूले सभापतिमा जित हात पारे तीनै तहको निर्वाचनमा पार्टीलाई जित दिलाउने वाचासमेत गरे ।

उनले सभापति र प्रधानमन्त्री हुँदा विवाद हुने त्यसैले पनि आफूले जित्नु आवश्यक रहेको तर्क गरे। उनले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको स्मरण गर्दै सभापति र प्रधनमन्त्री फरक फरक नेताहरु हुँदा पार्टीमा विवाद भएको बताए ।

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली फेरि सत्ता कब्जा गर्ने रणनीतिमा रहेको भन्दै देउवा हार्ने वा जित्नेभन्दा पनि प्रजातन्त्र जिताउने कुरा रहेको बताए।

पत्रकार सम्मेलनमा रहेका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिमा पराजित प्रधानमन्त्रीको नेतृत्वमा जुनावमा जान नसकिने भन्दै देउवालाई जिताउनुपर्ने बताए । उनले आफू सडकमै बसेर देउवालाई जिताउन लागेको बताए।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ५ : ४६ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व