शिक्षामन्त्री पौडेल कक्षाकोठामा प्रवेश गरेपछि... | Khabarhub Khabarhub

शिक्षामन्त्री पौडेल कक्षाकोठामा प्रवेश गरेपछि…


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालय । आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गरे । मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन । मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षाकोठामा प्रवेश गरे । माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै थिइन् शिक्षिका प्रिति ढकाल । नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे ।

विद्यार्थी आफ्नो सिटमा बसेपछि शिक्षामन्त्री पौडेलले विद्यालयमा पढाइका विषयमा विद्यार्थीलाई सोधे । गृहकार्य गरे–नगरेका बारेमा जिज्ञासा राखे । सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सधैँ समयमै उपस्थित हुने गरेको मन्त्री पौडेललाई बताए । मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरुले मानेर अनुसाशित हुन आग्रह गर्दै केही समयमै कक्षाकोठाबाट बाहिरिए । राम्रो अध्ययन गरेर देशको ठूलो मान्छे बन्न उनले विद्यार्थीलाई भने ।

शिक्षा क्षेत्रको प्रमुख नियमनकारी निकाय र सामुदायिक शिक्षा सुधार्ने प्रमुख जिम्मेवारी रहेको शिक्षा मन्त्रालयका मन्त्री पौडेलले आकस्मिक विद्यालय निरीक्षण गर्दा विद्यालयका कसैलाई पूर्वजानकारी दिएनन् ।

मन्त्री पौडेल एक्कासी विद्यालय निरीक्षणमा निस्किँदा र पछि मात्र मन्त्री आएको जानकारी पाएपछि शिक्षक विद्यार्थीले अचम्म माने । शिक्षिका ढकालले भनिन्, “शिक्षामन्त्री विद्यालय आउनेबारेमा स्कुलमा कसैलाई पनि जानकारी दिएन । अन्य बेला पनि भिजिटर आउनुहुन्थ्यो, त्यही भएर कोही आउनुभयो होला भन्ने सुरुमा ठानेको थिएँ । शिक्षामन्त्री नै कक्षा कोठामा पाएपछि त अचम्म भयौँ ।”

शिक्षामन्त्री पौडेलले विद्यालयमा जिम्मेवारी पाएका शिक्षक तथा प्रधानाध्यापकबाट ठीक ढङ्गले जिम्मेवारी निर्वाह भए नभएको बुझ्ने र शैक्षिक समस्याका बारेमा सरोकार भएकासँग जानकारी लिनका लागि आकस्मिक विद्यालय निरीक्षण गरिएको बताए ।

राजधानी काठमाडौँका केही विद्यालयमा पनि यसअघि यस्तै प्रकृतिको आकस्मिक निरीक्षण गरिएको जानकारी दिँदै उनले भने, “शिक्षक कक्षा कोठामा छन् कि छैनन् ? विद्यार्थीले पढेका छन् कि के छन् भनेर आकस्मिक निरीक्षण सुरु गरेका छौँ । यसबाट कमजोरी फेला परेका खण्डमा सम्बन्धित व्यक्ति वा संस्थालाई सुधारका लागि आग्रह गर्ने गरिएको छ ।”

मन्त्री पौडेलले सामुदायिक विद्यालयमध्ये राम्रो पढाई भएका र कमजोर पढाई भएका गरी दुई श्रेणीमा विभाजन गरी निरीक्षण गरेर शिक्षण, विधि, प्रशासनिक अवस्थालगायत बारेमा अध्ययन गर्ने गरिएको जानकारी दिए । मन्त्री पौडेलले शिक्षक विद्यार्थी अनुपात, भौतिक पूर्वाधार र शैक्षिक वातावरणका बारेमा जानकारी लिए।

विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले शिक्षामन्त्री नै आएर निरीक्षण गर्दा आफूहरू गौरवान्वित भएको बताए । विद्यालयलाई सम्झेर विद्यालय परिसरभित्र मन्त्री प्रवेश गरेर उहाँलाई अवस्थाका बारेमा जानकारी गराउँदा खुशी लागको उनले बताए । उनले भने, “मन्त्रीलाई विद्यालयको समग्र पक्ष, शैक्षिक प्रगतिसहित विद्यालयका समस्याका बारेमा राख्ने अवसर मिल्यो । शिक्षक दरबन्दी समस्या समाधानमा उहाँले पहल गर्नुहोला भन्ने विश्वास छ ।” रासस

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ५० बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको