छालामा यस्ता संकेत देखिए हेलचेक्र्याइँ नगर्नुस् « Khabarhub

छालामा यस्ता संकेत देखिए हेलचेक्र्याइँ नगर्नुस्


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामान्यतया मानिसको छालामा विभिन्न प्रकारका समस्याहरू देखिने गर्छन् । कतिपय संकेत सामान्य नै भएपनि केही संकेतहरू भने खतरनाक हुने गर्छ । के छन् त त्यस्ता संकेत ?

काखीको कालोपनः काखीको छाला सामान्यतः केही कालो हुन्छ । तर, अचानक यो धेरै कालो भएमा त्यसले पनि थाइराइड र मधुमेहको संकेत गर्छ ।

सेतो वा पहेँलो दागः छालामा कहिलेकाहीँ सेतो वा पहेँलो दाग देखिन सक्छ । यो शरीरमा कोलेस्ट्रोल बढ्ने संकेत हुन्छ । यसले हृदय रोगको समेत संकेत गर्छ ।

आँखी भौं पातलो हुनुः आँखी भौं कसैको बाक्लो हुन्छ, कसैको पातलो । यो खासै अस्वभाविक होइन । तर, अचानक आँखी भौं पातलिँदै गएको छ भने सतर्क हुनैपर्छ । किनभने, यसले थाइराइडको संकेत गर्छ ।

नङमा कालो दागः नङमा कालो दाग देखा प¥यो भने निकै सतर्क हुनुपर्छ । चाहे त्यो हातको नङमा होस् वा खुट्टाको । यस्तो दागले क्यान्सरको संकेत गर्छ ।

सुन्निनुः खास कारण बिना नै अनुहार सुन्नियो भने सजगता अपनाउनु पर्छ । किनभने, यसले धेरैथरी रोगको संकेत गर्छ, जस्तो– हाइपोथाइराइड, एनीमिया, एन्जियोएडिमा । मृगौलाको समस्यामा पनि यस्तो संकेत देखिन्छ ।

दाह्री पातलिनुः अक्सर यसबारे हामीलाई हेक्का हुँदैन । तर, हाम्रो दाह्रीको रौं पनि कहिलेकाहीँ अस्वभाविक रूपले पातलिँदै जान्छ । यसले हाइपो थाइराइडको संकेत गर्छ ।

ओंठ फुट्नुः ओंठ फुट्नु सामान्य हो । खासगरी चिसो मौसममा ओंठ फुट्ने समस्या देखापर्छ । तर, लामो समयसम्म ओंठ फुट्यो भने त्यो समस्या हो । यसले शरीरमा भिटामिन बी र सीको कमी भएको संकेत गर्छ ।

रुखो छालाः सबैको छाला एकनास हुदैन । कसैको सुख्खा हुन्छ भने कसैको तैलीय । तर, लामो समयसम्म छाला सुख्खा हुन्छ भने मधुमेह वा थाइराइडको संकेत हुनसक्छ ।

एलर्जीः छालाको सरसफाइ भएन भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ । छाला चिलाउँछ । तर, लामो समयसम्म यस्तो समस्या रहेमा त्यसले मधुमेहको संकेत गर्छ । साथै, थाइराइडको पनि ।

डन्डिफोरः अनुहारमा डन्डिफोर छ भने त्यसले पेटसम्बन्धी कुनै समस्या भएको संकेत गर्छ । साथै यसले शरीरमा हार्मोनको गडबडी भएको पनि जनाउ दिन्छ । यो समस्या बढ्नासाथ तुरुन्तै चिकित्सककहाँ देखाउनु पर्छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ५ : ५९ बजे

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको