दुलहालाई दाईजोमा वियर दिने अनौठो चलन « Khabarhub

दुलहालाई दाईजोमा वियर दिने अनौठो चलन


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवाह एक तर रीतिरिवाज अनेक । विवाह बन्धनलाई एक पवित्र बन्धनका रुपमा मान्ने गरिन्छ ।

हिन्दुहरुले सात फेरा लगाउने जस्तै अन्य धर्म परम्परामा अन्य विधिहरु हुने गर्छन् । विवाहमा हामी सबैले देखेका नै छौँ बेहुलीको तर्फबाट दाईजोको रुपमा बेहुलालाई अनेक कुराहरु दिने गरिन्छ । दाईजोको पनि ठाउँ अनुसार फरक फरक दिने चलन छ ।

तर आज हामी दाईजोको रुपमा बेहुलालई दिएको यो अनौठो उपहारका बारेमा चर्चा गर्दैछौँ । भारतको छत्तिसगड स्थित बस्तर गाउँमा विवाहमा बेहुलालाई वियर दाईजो दिने प्रचलन छ । यो वियर एउटा रुखको रसबाट बनाइन्छ । जसको वैज्ञानिक नाम केरियोटा यूरेन्स रहेको छ । यो वनस्पतिलाई सल्भी पनि भन्ने गरिन्छ ।

साथै मोहकारीको नामबाट पनि यो वनस्पतिलाई चिन्ने गरिन्छ । वैज्ञानिकहरुका अनुसार एउटा रुखले २० लिटर मादक पदार्थ दिन्छ । यो रुख छत्तिसगड स्थित बस्तर गाउँमा अर्थ व्यवस्थाका लागि पनि महत्वपूर्ण मानिन्छ ।

यहाँका कन्याहरुको विवाह अन्य स्थानको जस्तै गरी गरिन्छ तर उनीहरुलाई दाईजोमा उक्त रुख दाईजो दिने प्रचलन रहेको छ । स्थानीयहरुका अनुसार सल्फीको एउटा रुख एक एकड जग्गा जत्तिकै बहुमूल्य हुन्छ । एजेन्सी

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ३३ बजे

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले