कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई « Khabarhub

कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख  सुरेन्द्रलाभ कर्णलाई तोकेका छन्।

राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेशको प्रदेश प्रमुख पद रिक्त रहेकाले अर्को नियुक्ति नभएसम्मका लागि कार्यभार  सुरेन्द्रलाभ कर्णलाई नै दिइएको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले यो निर्णय गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा कोशी प्रदेश प्रमुखको पद रिक्त भएपछि वैकल्पिक व्यवस्था स्वरूप मधेश प्रदेश प्रमुख कर्णलाई जिम्मेवारी दिइएको उल्लेख छ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : ०८ बजे

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

काठमाडौं– एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ

कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश

आईएसमा आबद्ध आठ फ्रान्सेली नागरिकलाई इराकमा आजीवन कारावास

इराक– स्लामिक स्टेट (आईएस) आतङ्कवादी समूहमा आबद्ध भएको अभियोगमा इराकको

साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

अछाम- अछामको साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। नयाँ

बालेनको भारत भ्रमणबारे भीम रावलले भने- सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता