नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ « Khabarhub

नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र दाहाल–नेपाल दुबै समूहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन्।

निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘विवरण’ पेश गर्न भनेको थियो ।

सोही अनुरुप दुवै समूहले पत्र पठाएका हुन् । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए ।

ओली समूहका नेता सुवास नेम्वाङ सहितको टोलीले आयोग पुगेर कागजात, जवाफहरु पेस गरेको हो ।

दाहाल-नेपाल पक्षले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै नै सबै बुझाइसकेको हुँदा अहिले जवाफमात्र पठाएको जनाइएको छ ।

आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको हुन । चुनाव चिन्ह, पार्टीको आधिकारिकता लगायतका विषयमा दुवै पक्षले आ-आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ५ : ३० बजे

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।