आज २६औँ जनयुद्ध दिवस « Khabarhub

आज २६औँ जनयुद्ध दिवस


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज २६औँ जनयुद्ध दिवस । तत्कालीन माओवादीले राज्यविरूद्ध हतियार उठाएको दिन ।

२५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै छन् ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले नेपालमा सशस्त्र विद्रोहको शुरूवात गरेको थियो ।

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि यो दिवस एकीकृत रूपमा मनाइँदै आए पनि यो वर्ष भने त्यस्तो हुने छैन ।

नेकपा ओली समूह र दाहाल-नेपाल समूहमा विभाजित भएकाले दिवस मनाउने दृष्टिकोणमा पनि विभाजन छ । ‘जनयुद्ध’ दिवस यो वर्ष नेकपाभित्र दाहाल–नेपाल समूहले मात्रै मनाउँदै छ ।

दाहाल-नेपाल समूहले केन्द्रीय कार्यालय पेरिसडाँडामा  कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा आयोजना गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : २२ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको