प्रथम गणतान्त्रिक शहीद झाकी श्रीमतीलाई सम्मान « Khabarhub

प्रथम गणतान्त्रिक शहीद झाकी श्रीमतीलाई सम्मान


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाकी श्रीमती काशीदेवीलाई नेपाली कांग्रेस तरुण  विभाग प्रदेश-२ द्वारा  सम्मान गरिएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस तरुण विभागका सभापति शङ्कर भण्डारीले आज शहीद झाको पैतृक गाउँ जटहीमा उनलाई सम्मानका साथै शहीद झाको गणतान्त्रिक योगदानको सम्मानपत्र हस्तान्तरण गरे ।

सम्मानपत्रमा लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, बहुलवाद, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन न्यौछावर गर्ने अमर शहीद झाप्रति श्रद्धासुमन अर्पण र परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्न पाउँदा गर्वको अनुभूति भएको उल्लेख छ ।

सो अवसरमा विभागका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का संयोजक रामपल्टन साह, कांग्रेस धनुषा कार्य समिति सदस्य प्रवेश चौधरीले शहीद झाको नेपालमा गणतान्त्रिक शासन पद्धतिको स्थापनाको सङ्कल्प, योगदान र राजा महेन्द्रमाथि बम प्रहार प्रसङ्गको चर्चा गरे।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : ५५ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको