प्रथम गणतान्त्रिक शहीद झाकी श्रीमतीलाई सम्मान « Khabarhub

प्रथम गणतान्त्रिक शहीद झाकी श्रीमतीलाई सम्मान


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाकी श्रीमती काशीदेवीलाई नेपाली कांग्रेस तरुण  विभाग प्रदेश-२ द्वारा  सम्मान गरिएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस तरुण विभागका सभापति शङ्कर भण्डारीले आज शहीद झाको पैतृक गाउँ जटहीमा उनलाई सम्मानका साथै शहीद झाको गणतान्त्रिक योगदानको सम्मानपत्र हस्तान्तरण गरे ।

सम्मानपत्रमा लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, बहुलवाद, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन न्यौछावर गर्ने अमर शहीद झाप्रति श्रद्धासुमन अर्पण र परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्न पाउँदा गर्वको अनुभूति भएको उल्लेख छ ।

सो अवसरमा विभागका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का संयोजक रामपल्टन साह, कांग्रेस धनुषा कार्य समिति सदस्य प्रवेश चौधरीले शहीद झाको नेपालमा गणतान्त्रिक शासन पद्धतिको स्थापनाको सङ्कल्प, योगदान र राजा महेन्द्रमाथि बम प्रहार प्रसङ्गको चर्चा गरे।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : ५५ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका